#COVID-19

कोरोना जितेर थप २८ जना घर फर्किए, निको हुनेको संख्या १ सय ८३ पुग्यो

काठमाडौँ – नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरू कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय मात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। […]

पुरै पढनुहोस

थप ९० जनामा कोरोना संक्रमण पुष्टि , कुल संख्या ७७२ पुग्यो

काठमाडौं – नेपाल थप ९० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिए । प्रवक्ता डा.देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका […]

पुरै पढनुहोस

कोरोनालाई जितेर थप ४३ जना डिस्चार्ज

वीरगन्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डबाट कोरोना निको भएर थप ४३ जना सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् । संक्रमितहरुको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । ‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक […]

पुरै पढनुहोस

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि: कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं – सोमबार बिहान थप ७२ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६७५ जना पुगेको छ भने १०५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । गत आईतबार राती कोरोना भाइरस संक्रमण पुष्टि भएर […]

पुरै पढनुहोस

वीरगन्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ – वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी […]

पुरै पढनुहोस

एकै परिवारका १८ जनाले जिते कोरोना

काठमाडौं – वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । उनका अनुसार वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका सदस्यहरु डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका […]

पुरै पढनुहोस

थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०० नाघ्यो

काठमाडौं – आईतबार थप १९ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज जनामा कोरोना पुष्टि भएको हो । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६०३ जना पुगेको छ […]

पुरै पढनुहोस

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं – नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा संक्रमण देखिएको बताए । बाँकेका संक्रमित सबै […]

पुरै पढनुहोस

थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल सख्या ५४८ पुग्यो

काठमाडौँ – पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको छ । पछिल्लाे पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष […]

पुरै पढनुहोस

थप ९ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौं  नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा थप ९ जनामा सङ्क्रमण देखिएको बताए । नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का […]

पुरै पढनुहोस

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५०७ पुग्यो

काठमाडौं- नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएका जानकारीअनुसार संक्रमितहरु डडेलधुरा, बाँके, बैतडी र कैलालीका रहेका छन् । जसमा १८ देखि ६१ वर्षसम्मका पुरुषहरु रहेका पनि प्रवक्ता डा. देवकोटाले बताए । योसँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । ४३३ जना […]

पुरै पढनुहोस

कोरोनाबाट पहिलो मृतकका शिशुसहित परिवार डिस्चार्ज

काभ्रे – धुलिखेल अस्पतालमा कोरोना भाइरबाट मृत्यु भएकी नेपालकै पहिलो महिलाका नवजात शिशु र श्रीमान सहितका आफन्त डिस्चार्ज भएका छन् । सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ बर्षीय सुत्केरी महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो । महिलाको मृत्यु पछि नवजातशिशु, श्रीमान, उनका आमा र बहिनीलाई आइसोलेसनमा राखेर उपचार […]

पुरै पढनुहोस

थप ३० जनामा कोराना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं  – नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, […]

पुरै पढनुहोस

एकै पटक २१ जनाले कोरोनालाई जिते, आजै घर फर्किदैं

नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो संक्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै […]

पुरै पढनुहोस

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं – पछिल्लो समय बिहीबार मात्रै नेपालमा थप ९ जना कोरोना संक्रमणका बिरामी पुष्टि भएको छ । आज थपिएकासँगै संक्रमित संख्या ४५३ जना पुगेको छ । यसका साथै त्यही संक्रमित मध्येका आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालबाट उपचारपछि चारजना निको भएर घर फर्किएका छन् भने हालसम्म निको हुने व्यक्तिको संख्या ४९ जना पुगेको स्वास्थ्य तथा […]

पुरै पढनुहोस