दाईबाट बहिनी बलात्कृत

काठमाडौं – एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो […]

पुरै पढनुहोस

“रुकुम घटना अक्षम्य अपराध” संलग्न सबैलाई तत्काल कारबाही होस् -पूर्वराजा शाह

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक संजाल ट्वीटर  मार्फत आफ्नो अभिबेक्ति राख्दै जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु मानवता विरोधी काम भएको बताएका छन् । रुकुम घटनालाई लियर सडकदेखि संसदसम्म चर्को आलोचना तथा विरोध भई रहँदा पूर्वराजा शाहले मङ्गलवार साँझ ट्वीट गर्दै अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कारबाहीको माग गरेका छन् । ‘कसैको […]

पुरै पढनुहोस

थप ९० जनामा कोरोना संक्रमण पुष्टि , कुल संख्या ७७२ पुग्यो

काठमाडौं – नेपाल थप ९० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिए । प्रवक्ता डा.देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका […]

पुरै पढनुहोस

यस्तो छ बाग्मती प्रदेशको नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

काठमाडौं – बाग्मती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट मंगलबार प्रदेश प्रमुख विष्णु प्रसाईँले प्रस्तुत गरेका हुन् ।  प्रस्तुत  नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा प्राथमिकता देखि  सामाजिक क्षेत्रमा काम गर्ने महत्वकांक्षी बजेट ल्याएको छ ।  कोरोनासंग लड्नको लागि विशेष कार्यक्रम  रोजगारीको सृजना कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । यस्तो […]

पुरै पढनुहोस

सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

काठमाडौं  – शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो । आफ्नै घरमा आत्महत्या गरेका […]

पुरै पढनुहोस

चालु आर्थिक वर्ष: आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्रै !

काठमाडौं – चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा खुम्चिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका हुन् ।  यसअघि वैशाख १७ मा केन्द्रिय तथ्यांक विभागले भने यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने अनुमान गरेको थियो । सरकारले […]

पुरै पढनुहोस

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् ।

पुरै पढनुहोस

रुकुम पश्‍चिम घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं – सरकारले रुकुम पश्‍चिमको घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य […]

पुरै पढनुहोस

जानि राख्दा राम्रो: यस्तो हुन्छ रायोको साग खानुका फाईदा

रायोका सागको फाईदा बारे हामीलाई केही थाहा हुदैन र हामीले खालिरहेको जमिनमा रायो फलाएको धेरै ठाउमा देख्नपाईन्छ । रायोको सागले हामीलाई स्वस्थ रहन विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ । गर्भवतीलाई लाभ गर्छ- गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन […]

पुरै पढनुहोस

ट्रम्पले सेवन गरेको औषधी बिरामीमाथि प्रयोग गर्न डब्ल्यूएचओले लगायो रोक

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको क्लिनिकल ट्रायलमा स्थायी रुपमा रोक रोक लगाएको छ। संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए । टेड्रोसका अनुसार […]

पुरै पढनुहोस

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्‍यो कारोबार

काठमाडौं- इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको भ्याल्यु  कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरिएकोे हो । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक […]

पुरै पढनुहोस

जानि राख्दा राम्रो : पुदिना खानुका यस्ता छन फाइदाहरु

हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिना स्वास्थ्यका लागि यति धेरै लाभदायक छ भन्ने कुरा सायदै थाह होला । तर आज हामी पुदिनाले स्वास्थ्यमा पुर्याउने फाइदाका बारेमा जानकारी दिन लागिरहेका छौँ । के हो पुदिना – पुदिना जसलाई मुख र सास स्वच्छ राख्ने बस्तुको रुपमा लिइन्छ । पुदिना करीब दुई दर्जन प्रजातिमा भेटिन्छन भने […]

पुरै पढनुहोस

कोरोनालाई जितेर थप ४३ जना डिस्चार्ज

वीरगन्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डबाट कोरोना निको भएर थप ४३ जना सोमबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ जना पत्रकारसमेत छन् । संक्रमितहरुको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि दुई जना पत्रकारसहित ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । ‘सोमबार डिस्चार्ज हुनेमा एकजना सर्लाहीका बाहेक […]

पुरै पढनुहोस

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि: कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं – सोमबार बिहान थप ७२ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६७५ जना पुगेको छ भने १०५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । गत आईतबार राती कोरोना भाइरस संक्रमण पुष्टि भएर […]

पुरै पढनुहोस

वीरगन्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ – वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी […]

पुरै पढनुहोस