ओली समुहले केन्द्रीय समितिको नयाँ सूची आजै आयोगमा बुझाउने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको केन्द्रीय कमिटीको नामावली आजै निर्वाचन आयोगसमक्ष बुझाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो बैठकपछि पार्टीका नयाँ प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी प्रथम अध्यक्ष र महासचिवका परामर्शमा बैठक आह्वान भएकाले यो आधिकारिक हुने जिकिर […]

पुरै पढनुहोस

ओली पक्षको नेता कार्यकर्ताले कब्जागरे नेकपा काभ्रेकाे कार्यालय

काभ्रे- नेकपा पार्टी विभाजनतिर उन्मुख हुँदै गर्दा नेकपा काभ्रेको जिल्ला कार्यालय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षको कब्जामा पुगेको छ । ओली पक्षका नेता कार्यकर्ताले यसअघि कार्यालयमा लगाइएको पुरानो ताल्चा फोडी नयाँ ताला लगाएका छन् । कार्यालयमा बिहानै ओली पक्षका नेता कार्यकर्ता उपस्थित भएका थिए । यसअघि उक्त कार्यालय तत्कालिन नेकपा एमालेको जिल्ला कार्यालयको […]

पुरै पढनुहोस

काभ्रे बनेपा तरकारी बजारसंगै रहेको घरमा ग्यास लिक हुँदा १८ महिने शिशुसहित पाँच घाइते

काभ्रे – ग्यास लिक हुँदा १८ महिने शिशुसहित पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ स्थित तरकारी बजारमा रत्न कुमार ठकुरीको घरको तेर्सो तल्लामा भएको ग्यास लिक भएर आगलागी हुँदा पाँच जना घाइते भएपछि शिर मेमोरियल अस्पतालमा लागिएको र हाल उक्त अस्पतालबाट पनि कीर्तिपुर रिफर गरेको ईलाका प्रहरी कार्यलय […]

पुरै पढनुहोस

बिदेशी भूमिमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन, ७५ हजारलाई सिप सिकाइने

काठमाडौं –  सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए […]

पुरै पढनुहोस

नेपालीको पिडा ५ दिनदेखि भारतको ओढारमा, प्रहरीले लाट्ठी हान्छ, गाउँलेले हँसिया

काठमाडौं- सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् । कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट […]

पुरै पढनुहोस

आज १३ औँ गणतन्त्र दिवस मनाइँदै: जन अपेक्षा अनुसार काम नभएको गुनासो

काठमाडौं -आज नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले गणतन्त्र दिवस मनाउँदै छन् । जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो […]

पुरै पढनुहोस
#COVID-19

कोरोना जितेर थप २८ जना घर फर्किए, निको हुनेको संख्या १ सय ८३ पुग्यो

काठमाडौँ – नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरू कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय मात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। […]

पुरै पढनुहोस

नेपाली कथानक चलचित्र “साइनो” युट्युबमार्फत सार्वजनिक ( मुभी सहित )

काठमाडौं – नेपाली कथानक चलचित्र ‘साइनो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको यो चलचित्र केही समय पहिले प्रदर्शनमा आएको थियो । बन्दाबन्दीका बेलामा दर्शकलाई मनोरञ्जन दिने उद्देश्य राखेर चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले जानकारी दिइन् । चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा राजकुमार, मिरुना मगर, नीता […]

पुरै पढनुहोस

“विपन्न र विदेशबाट फर्केका नेपालीहरुको आरडिटी टेष्ट गर्दा पैसा नलिनू”- सर्वोच्च अदालत

काठमाडौं  – सर्वोच्च अदालतले विपन्न वर्ग र विदेशबाट फर्केका नेपालीहरुको आरडिटी विधिबाट कोरोना परीक्षण गर्दा पैसा नलिन आदेश दिएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते जारी गरेको अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएका हो । सो निर्देशिकामा आरडीटी टेष्टको […]

पुरै पढनुहोस

एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो,

काठमाडौं – बुधबार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप ११४ जनामा  संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ […]

पुरै पढनुहोस

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

मेलम्ची – आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेकाछ न् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाकम ४३ वर्षीय बाबु लाई आफ्नै १८ वर्षीया छोरीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बिगत ४ वर्ष अघिदेखि पटक–पटक बलात्कार गरेको भन्दै पीडित युवतीकी आमाले प्रहरीमा उजुरी दिएपछि उनका बाबुलाई प्रहरीले पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको […]

पुरै पढनुहोस

भारतीय अभिनेत्री प्रेक्षाले गरिन झुन्डिएर आत्महत्या

भारतीय अभिनेत्री प्रेक्षा मेहताले इन्दौरस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । २५ वर्षकी ती अभिनेत्री बिगत दुई वर्षअघि इन्दौरबाट मुम्बई पुगेकी थिइन् । उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनले क्राइम पेट्रोलका केही भागमा काम गरेकी छन्। प्रेक्षा ‘मेरी दुर्गा’ र ‘नाल इश्क’ लगायतका धारावाहिकमा पनि खेलेकी थिइन् । लकडाउनका कारण उनी […]

पुरै पढनुहोस

धुलिखेल उद्योग वाणिज्य संघको आग्रह बैंकको ब्याज मिनाह र साँवाको भाका थप होस्

काभ्रे – धुलिखेल उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण जिल्लामा सञ्चालित उद्योग व्यवसायहरु धराशयी हुदै गएको भन्दै नेपाल सरकार समक्ष १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार एक समारोहको बिच प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुले बताए । उक्त ज्ञापन पत्रमा लकडाउन अवधिभरको बैंकको […]

पुरै पढनुहोस

यस्तो छ तिन दिनको मौसम पूर्वानुमान : हावाहुरी चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं –जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ । साथै पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा  मेघगर्जन/चट्याङ/हावाहुरी   सहित  वर्षाको  सम्भावना रहेकोले  नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम […]

पुरै पढनुहोस

चौरजहारी घटनाः वडाध्यक्ष लगायत २० जनाविरुद्ध किटानी जाहेरी

जाजरकोट – शनिबार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए […]

पुरै पढनुहोस