एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो,

काठमाडौं – बुधबार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज थप ११४ जनामा  संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ । त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ८८६ जना पुगेको छ भने १८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ६९९ जना रहेका छन् । कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

Facebook Comments