काठमाडौं –जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले शुक्रबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (शुक्रबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।
साथै पूर्वी भू-भाग र मध्य तथा पश्चिम पहाडी भू-भागमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले नेपालको पश्चिमी तराइका जिल्लाहरुमा तापक्रम बृद्धि हुनसक्ने औलाउदै आवश्यक सतर्कता अपनाउन हुन समेत अनुरोध गरेको छ ।
जेठ १४ गते (बुधबार) दिउँसोः देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागहरुमा सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भाग तथा मध्य पहाडी भू भागका केही स्थानहरुमा साथै पश्चिमी पहाडी भू-भागका मध्यान्नपछि थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुका साथै पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
जेठ १५ गते (बिहिबार) दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य र पूर्वी भू-भाग लगायत पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य भू-भागका केही स्थानहरुका साथै पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ १६ गते (शुक्रबार) दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्व र पश्चिमी भू-भागका केहि स्थानहरु तथा मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य भू-भाग तथा पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली रहि अन्य भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी भू-भागका केही स्थानहरु र पुर्वी पहाडी भू-भागका एक/दुई स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।