थप ७२ जनामा कोरोना संक्रमण पुष्टि: कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं – सोमबार बिहान थप ७२ जना कोरोना संक्रमितका बिरामी थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६७५ जना पुगेको छ भने १०५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

गत आईतबार राती कोरोना भाइरस संक्रमण पुष्टि भएर नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत १८ जना बिरामीहरु डिस्चार्ज भएसँगै निको हुनेको संख्या १०५ पुगेको हो । साथै, यही संक्रमित मध्येबाट तीन जनाको कोरोनाबाटै मृत्यु भएको छ ।

Facebook Comments