कांग्रेसको उच्चस्तरीय पदाधिकारी बैठक दिउँसो दुई बजे

काठमाडौं – आज दिउँस नेपाली कांग्रेसको उच्चस्तरीय पदाधिकारी बैठक बस्ने भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा उक्त बैठक बोलाइएको स्रोतले जनाएको छ ।

आज बस्ने कांग्रेसको बैठकमा भारतले अतिक्रमण गरिरहेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा जारीसँगै संविधानको अनुसूची संशोधन गर्न सरकारले संसदमा दर्ता गरेको प्रस्ताव र कोरोना संक्रमणमा सरकारको भूमिका प्रभावकारी भए–नभएकोबारे छलफल हुने बुझिएको छ ।

साथै, सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको तथा परीक्षणको दायरा वृद्धि गर्न नसकेकोमा कांग्रेसले आरोप लगाउँदै आएको छ।

Facebook Comments