ट्रम्प भन्दै छन् ‘चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चर्चहरु खोल्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले बन्द चर्चहरु तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताउदै उनले भने ‘अमेरिकामा प्रार्थनाको आवश्यकता छ ।’

अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १६ लाख ४५ हजार ९४ बढी संक्रमित छन् भने ९७ हजार ६ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments