थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो, निको हुने ४५ जना

काठमाडौं – नेपालमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु ३ देखि २८ वर्षका रहेका छन् । जसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये बाँकका ६ जना, धनकुटाका ५ जना, कपिलवस्तुका १३ जना र नवलपरासी पश्चिमका एक जना रहेकोे मन्त्रालयले जनाएको छ ।कोरोना संक्रमित ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने दुईजनाको मृत्यु भएको छ ।

Facebook Comments