सार्वजनिक भयो नेपालको नयाँ नक्सा

काठमाडौं – आज नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरेर नयाँ नक्शा सार्वजनिक गरिएको हो ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेको उक्त नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । यसका साथै, अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले जानकारी दिइन् ।

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेर सडक निमार्ण गरेर उद्घाटन गरेपछि नेपाल सरकारले सो क्षेत्रसमेत समेटेर नयाँ नक्सा बनाएको हो ।

Facebook Comments